२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अर्जेन्टिनाका अग्युरो खेल्दा खेल्दै बेहोस

अर्जेन्टिनाका अग्युरो खेल्दा खेल्दै बेहोस

कात्तिक २९-
विश्वकप फुटबलको तयारी स्वरुप मंगलबार राति भएको मैत्रिपूर्ण खेलको हाफ टाइममा बेहोस भएपछि अर्जेन्टिनाका सर्जियो अग्युरोलाई अस्पताल लगिएको छ । रुसमा भएको नाइजेरियासँगको खेलमा अर्जेन्टिनाका लागि पहिलो हाफमा गोल गरेका अग्युरो बिश्राम समयका बेला ड्रेसिङ रुपमा बेहोस भएका हुन् । उनलाई लगतै अस्पताल लगिएको थियो ।

मेस्सी बिना खेलेको अर्जेन्टिना दोस्रो हाफमा अग्युरो बिना नै मैदानमा गयो । नाइजेरियाले उसलाई ४–२ ले हरायो । अग्युरोलाई थप समस्या नआओस् भन्नका लागि अस्पताल लगिएको अर्जेन्टिनाको फुटबल एसोसिएसनले जनाएको छ ।

मेस्सी बिनाको अर्जेन्टिना नाइजेरियासँग हार्‍यो

२९ वर्षका अग्युरो अस्पतालबाट डिस्चार्ज भइसकेको अर्जेन्टिनामको एफएले जनाएको छ । ट्वीट मार्फत अग्यरो टिमका अरु साथीसँगै होटल गएको जानकारी दिइएको हो । अग्युरोलाई ड्रेसिङ रुममा रहेका बेला रिंगटा लागेको थियो ।

एजेन्सी

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।