२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अनिल गुरुङले अन्तर्राष्ट्रिय खेलबाट लिए सन्यास

अनिल गुरुङले अन्तर्राष्ट्रिय खेलबाट लिए सन्यास

कात्तिक २८ –
नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । मंगलबार फिलिपिन्ससँगको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिलले नेपालको लागि ५० औँ खेल पनि पूरा गरे ।
‘मैले नेपालको लागि ५० वटा खेल खेल्न पाएँ, बिदा हुँदा केही निराश भए पनि खुशी नै छु’ एन्फा कम्प्लेक्स सातदोबाटोमा अनिलले भने । अनिलले आफ्नो बाँकी खेल जीवन क्लब फुटबलमा बिताउने योजना रहेको पनि सुनाएका छन् ।
१० वर्षअघि राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले ५० खेलबाट ९ गोल गरेका छन् । मंगलबार अनिललाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले सम्मानस्वरुप कोट र सम्मानपत्रसहित बिदाइ गर्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।