एनएलजी ईन्योरेन्स धादिङ शाखाले सोमबार एकैदिन १५ सय ९ जनाको कोरोना विमा गराएको छ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड सलाङले आफ्ना शेयर सदस्यहरुको कोरोना स्वास्थ्य विमा एनएलजी ईन्स्योरेन्स धादिङ शाखाबाट गराएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण संस्थामा आवद्ध शेयर सदस्यहरुको स्वास्थ्यालाई मध्यनजर गर्दै संस्थाले शेयर सदस्य तथा निजका परिवाहरु गरि १५ सय ९ जनाको विमा गरिएको संस्थाका प्रवन्धक गोपाल सिलवालले जानकारी दिनुभयो । कोभीड १९ को संक्रमणबाट हुनसक्ने जोखीमलाई मध्यनजर गरी शेयर सदस्यहरुमा पर्न सक्ने आर्थिक भारलाई केहीहद सम्म न्यूनिकरण गर्ने उद्देश्यले एनएलजी ईन्स्योरेन्स धादिङ शाखाबाट विमा गरिएको प्रवन्धक शिलवालले बताउनुभयो । प्रतिव्यक्ति रु १ लाखको दरले बिमा गरिएको हो ।
१ हजार ५ सय ७ शेयर पुँजी रहेको सहकारीले अहिले सम्म २ करोड ७८ लाख शेयर पुँजी रहेको संस्थाको १ करोड १८ लाख ८८ हजार खुद नाफा रहेको प्रवन्धक सिलवालले बताउनुभयो ।
एनएलजी ईन्सोरेन्स धादिङ शाखाले अहिलेसम्म कोरोना विमा वापत १५ लाख बराबरको विमा शुल्क आर्जन गरेको शाखाका ईञ्चार्ज सविता लोहनी पाठकले बताउनुभयो । धादिङमा पनि कोरोना संक्रमितको संख्या दिनानु दिन बढ्दै गएका कारण केही हदसम्म भएपनि आर्थिक भार कम गर्ने भएकाले अहिलेको समयमा कोरोना विमा अति नै आवश्यक रहेको समेत बजार व्यवस्थापक पाठकले बताउनुभयो ।
निर्जिवन विमा अन्र्तरगत धादिङमा एकै दिन यति धेरै कोरोना विमा गराउने कम्पनीमा एनएलजी ईन्स्योरेन्स धादिङ शाखा पहिलो बनेको छ । एनएलजी ईन्स्यारेन्स धादिङ शाखाबाट व्यक्तीगत विमा गराउने भन्दा पनि संस्थागत र परिवारको विमा गराउनेको संख्या धेरै रहेको पाठकले बताउनुभयो ।
कोरोना विमा गर्दा सामुहिक बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ र व्यक्तीगतको लागि १ हजारमा कोरोना विमा गर्न सकिन्छ । बिमाको अवधि चैत्र मसान्त सम्मको हुनेछ । बिमा गरेका जो कोहीलाई पनि १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा दाबी भुक्तानी हुने दिनेछ ।