धादिङमा शुक्रबार ३ बर्षको बालिका सहित १० जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा धुनीबेशि नगरपालिका र थाक्रे गाउपालिकाका ३/३ जना, नीलकण्ठ नगरपालिकाका २ जना, बेनिघाट रोराङ गाउपालिका र त्रिपुरीसुन्दरी गाउपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।


ADVERTISEMENT

 


जसमा धुनीबेशि नगपालिका वडा नम्बर ५ का ३ बर्षका बालीका, २४ बर्षका महिला, २२ बर्षका पुरुष, थाक्रे गाउपालिका वडा नम्बर ७ का २२, ३३ बर्षका पुरुष, थाक्रे गाउपालिका वडा नम्बर ९ का ३४ बर्षका पुरुष, निलकण्ठ नगरपालिका वडा नम्बर ४ र ६ का क्रमश ७०, ४१ बर्षका पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ७ का २२ बर्षका महिला र त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ६ का ४९ बर्षका पुरुष रहेका छन् ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या ७ सय ९० पुगेको छ । त्यस्तै धुनीबेशि नगरपालिकाका सङ्कास्पद २ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि शुक्रबार काठमाडौ पठाईएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।

Facebook Comments