
मंसिर ६, नुवाकोट
नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एंव कांग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा राखिएको दुई थान सुतली बम निष्क्रिय पारिएको छ । कांग्रेसका स्थानीय नेता थापाको आँगनमा भेट्टिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।
आज शिवपुरी गाउँपालिको केन्द्र शेराबगरमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं। १ ले चुनावी सभा आयोजना गरेको र त्यहाँ कांग्रेसका उम्मेदवार डा।रामशरण महतले सम्बोधन गर्ने कार्यक्रमलाई प्रभावित बनाउने उद्देष्यले बम राखेको हुनसक्ने प्रहरीले जनाएको छ । बम राख्ने व्यक्तिको पहिचान हुन बाँकी भएपनि निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।
केहीदिनअघि कांग्रेसका उम्मेदवार डा।महतलाई लक्षित गरी बम विस्ष्फोट गराउँदा कार्यकर्ता चढेको गाडीमा लागेर पाँच जना घाइते भएका थियो । यस्तै, आज बम राखिएको घरधनी नेता थापालाई पनि शिवपुरी गाउँपालिकाको वडा नं। ४ को वडा सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गत भदौ ३१ गते मोसो दलेर दुव्र्यवहार गरेका थिए ।