२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कांग्रेसका स्थानीय नेताको घरमा राखेको बम निष्क्रिय

कांग्रेसका स्थानीय नेताको घरमा राखेको बम निष्क्रिय

मंसिर ६, नुवाकोट
नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एंव कांग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा राखिएको दुई थान सुतली बम निष्क्रिय पारिएको छ । कांग्रेसका स्थानीय नेता थापाको आँगनमा भेट्टिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

आज शिवपुरी गाउँपालिको केन्द्र शेराबगरमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं। १ ले चुनावी सभा आयोजना गरेको र त्यहाँ कांग्रेसका उम्मेदवार डा।रामशरण महतले सम्बोधन गर्ने कार्यक्रमलाई प्रभावित बनाउने उद्देष्यले बम राखेको हुनसक्ने प्रहरीले जनाएको छ । बम राख्ने व्यक्तिको पहिचान हुन बाँकी भएपनि निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

केहीदिनअघि कांग्रेसका उम्मेदवार डा।महतलाई लक्षित गरी बम विस्ष्फोट गराउँदा कार्यकर्ता चढेको गाडीमा लागेर पाँच जना घाइते भएका थियो । यस्तै, आज बम राखिएको घरधनी नेता थापालाई पनि शिवपुरी गाउँपालिकाको वडा नं। ४ को वडा सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गत भदौ ३१ गते मोसो दलेर दुव्र्यवहार गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।