दिङको सिद्धलेक गाउँपालिकाको नलाङ र सलाङको सिमानामा पर्ने सिद्धलेक मन्दिरमा विहिबार धार्मिक तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । महाशिवरात्री पर्वको अवसरमा आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

यो वर्ष सिद्धलेक मन्दिर परिसरमा ईन्द्रेणी कार्यक्रमका राष्ट्रिय कलाकारहरुको साथमा स्थानिय कलाकारहरुको समेत सांस्कृतिक प्रदर्शन गरेका थिए । सिद्धलेक ढेवाडाँडाको आयोजना तथा सिद्धलेक गाउापालिकाको प्रायोजन तथा फादर अल्फारोको सह प्रायोजनमा प्रथम सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना गरिएको थियो । यो वर्ष सिद्धलेक मन्दिर दर्शन गर्न जानेसँगै धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव सहभागि हुन जानेहरुले गर्दा सिद्धलेकमा निकै भिड लागेको थियो ।

मिनि म्याराथुन प्रतियोगिता

हरेक वर्ष शिवरात्री पर्वको अवसरमा संचालन हुँदै आएको मिनि म्याराथुन प्रतियोगिता विहिबार सिद्धबाबा मन्दिर परिसर सिद्धलेकमा सप्पन्न भएको छ । सिद्धलेक  गाउपालिकाको वडा नम्वर २ स्थित चक्रदेवी सामुदायिक समाज नेपाल धादिङ,  द यिअर्ली ट्रष्ट, नलाङ मोडेल एकेडेमीको संयुक्त आयोजनामा मिनी म्याराथुन दौड प्रतियोगिता २०७७ सप्पन्न भएको हो ।

मिनि म्याराथुन प्रतियोगितामा महिला तथा पुरुष र १५ वर्ष मुनीका छात्रा र छात्र बिच ४ वटा बिधामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियोे । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद, धार्मिक एवम् पर्यटकिय क्षेत्र बिकास र प्रबर्द्धनमा खेलकुद भन्ने मुल नाराका साथ सन्चालन भएको प्रतियोगितामा खुल्ला पुरुष तर्फ ८७ जनाको सहभागीता भएको थियो भने खुल्ला महिला तर्फ ३५ जनाको सहभागीता थियो । १५ बर्ष मुनीका छात्रमा ४५ जना र १५ बर्ष मुनीका छात्रामा २८ जनाको सहभागीता भएको थियोे ।

पुरुषतर्फ भएको म्याराथुनमा सिद्धलेक गाउपालिकाको वडा नम्वर १ का शिव सिलवाल  प्रथम, नुवाकोट जिल्लाका कुमार तामाङ द्वितीय, निलकण्ठ नगरपालिका वडा नम्वर ९ निबासी प्रकाश श्रेष्ठ तृतीय र  सिद्धलेक ३ का राम घले सान्त्वना भएका छन् । यस्तै महिला तर्फ सिद्धलेक २ सुमित्रा सुर्खेती प्रथम, सिद्धलेक २ कै शान्ती गिरि द्वितीय, नीलकण्ठ ५ का रोजिना बराम तृतीय र सिद्धलेक २ का संगीता सिलवाल सान्त्वना भएका छन् । १५ बर्ष मुनीका छात्रमा सिद्धलेक २ का सुजन परियार प्रथम, सिद्धलेक ३ का भुपेश थापा द्वितीय , सिद्धलेक २ का राजु कोइराला तृतीय र सिद्धलेक २  कै मनिस बराम  सान्त्वना भएका छन् ।

यस्तै १५ बर्ष मुनीका छात्रामा सिद्धलेक ३ का अमृता श्रेष्ठ प्रथम, सिद्धलेक २ का एन्जुला थापा मगर द्वितीय, सिद्धलेक २ का रमिला बराम तृतीय र रोजिना श्रेष्ठ  सान्त्वना भएका छन् । सबै तर्फको बिजेता खेलाडिहरुलाइ प्रमुख आतिथि सिद्धलेक गाउपालिका वडा नम्वर २ का वडाअध्यक्ष कमल ब. गुरुङ,  अतिथिहरु सन्दिप थापा मगर, बलराम सिलवाल, झम्क ब. सिलवालले पुरस्कार वितरण गर्नुभएको थियो ।  कार्यक्रममा बोल्दै सम्योजक झम्क ब. सिलवालले खेलकुद क्षेत्र बिकास प्रबर्द्धन र धार्मिक एबम पर्यटकिय क्षेत्र संरक्षणमा चक्रदेवी सामुदायिक समाज नेपालले पुर्याउदै आएको योगदानको मुल्यान्कन गर्दै आगामी दिनहरुमा पनि यी यस्ता खाले कार्यक्रमलाई निरन्तरताको आबस्यकता भएको बताउनुभयो ।

यस्तै वडा अध्यक्ष कमल बहादुर गुरुङले सिद्धलेक गाउपालिका कै पहिचान हुने गरि भएको मिनि म्याराथुन प्रतियोगिताले खेलकुदको बिकासमा टेवा पुग्नु का साथै धार्मिक एबम ऐतिहासिक क्षेत्रको संरक्षण र प्रबर्द्धनमा सहयोग मिलेको बताउनुभयो ।  नलाङ मोडेल एकेडेमी का अध्यक्ष झम्क बहादुर सिलवालले आगामी दिनमा पनि खेलकुदका कार्यक्रम सन्चालन गर्दै जाने र सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महाशिवरात्रकिो अवसरमा रक्तदान कार्यक्रम

यस्तै विहिबार महाशिवरात्रकिो अवसरमा रेडक्रस सिद्धेलक उपशाखाले रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुष गरि १०५ जनाले रगतदान गरेको रेडक्रस धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments