जिल्ला प्रहरी कार्यालय धादिङले अवैध लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बोलेरो चालक जिल्ला सिन्धुपाल्चोक साँगाचोकगढी नगरपाािलका वडा नंं. ७ बस्ने ३३ वर्षिया सुमन तामाङ र सहचालक दोलखा चिलंखा गाउँपालिका वडा नंं. ४ बस्ने २३ वर्षिय सुवास भुजेल रहेका छन् ।

उनिहरुको साथबाट १ सय २१ केजी. ५ सय ग्राम गाँजाको धुलो, ४ थान मोवाईल र नगद ११ हजार समेत बरामद गरेको छ । यहि फागुन २३ गते साढे ५ बजेको समयमा मकवानपुरको पालुङबाट बा.४ च. ६१३६ नम्बरको बोलेरो पिकअपबाट काठमाण्डौ तर्फ अबैध लागु औषध गाँजा बिक्री वितरण गर्ने उद्देश्यले ओसार पसार भईरहेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरी र खानिखोलाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलिले धुनिवेशी नगरपालिका वडा नंं. ६ नौबिसेमा गाडी चेक जाँच गर्ने क्रममा लागू ओषध फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यस्तै ज्वालामुखी गाउँपालिका वडा नंं. २ गैरिगाँउबाट ७ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नगद ३ लाख १३ हजार ६५ रुपैँया र ३२ थान कौडा सहित पक्राउ उनिहरुलाई गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका वडा नंं. २ बस्ने ३० वर्षिय चिज कुमार श्रेष्ठ, ज्वालामुखी गाउँपालिका वडा नम्बर १ बस्ने ३० वर्षिय राजन कुमार खनाल, वडा नम्बर ३ बस्ने ६३ वर्षिय खुम बहादुर अर्याल, गोरखाको गण्डकी गाउँपालिका वडा नंं. ४ बस्ने ४५ वर्षिय जनक भण्डारी, ४७ वर्षिय पुर्ण बहादुर लामिछाने, ४० वर्षिय दिपक भट्ट, ४८ वर्षिय लोक बहादुर भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै भरुवा बन्दुक सहित निलकण्ठ नगरपालिका वडा नंं. १ काउलेका बिनोद बहादुर गुरुङलाई पक्राउ गरेको छ । घरमा अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा घर खानतलासी गर्दा १ थान भरुवा बन्दुक फेला पारि नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Facebook Comments