
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) ले धादिङका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । छिमेकी मुलुक भारतमा कोरोनाको दोश्रो लहर देखिएका कारण नेपालमा पनि संभावित जोखीमलाई मध्यनजर गर्दै कोभिड संक्रमण नियन्त्रण तथा रोकथामको लागि उच्च सावधानी अपनाउन धादिङका नागरिकहरुलाई आग्रह गरेको हो ।
डिसिसिएमसीका अध्यक्ष एवं प्रमुुख जिल्ला अधिकारीको अध्यक्षतामा बुधबार बसेको बैठकले जिल्ला भित्र सभा समारोह, जुलुस, ¥याली, भेला महोत्सव, भिडभाड हुने व्यवसाय नगर्ने नगराउने निर्णय गरेको छ । यस्तै बैठकले अनिवार्य मास्क र उचित प्रयोग तथा साबुन पानीले नियमित हात धुने, स्यानिटाईजरको प्रयोग गर्न, भीडभाड कम गरी सेवा प्रवाह व्यवस्थि तगर्न प्रत्यक्ष सेवा प्रवाह गर्ने कार्यालय तथा संघ संस्थाहरुको सामाजिक दुरी कायम हुने गरि टोकन प्रणाली वा आलोपालो प्रणाली वा दुवै अनिवार्य रुपमा लागू गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले फागु पूर्णिमा होलीमा भीडभाड नगर्ने साथै धार्मिक स्थलहरुमा नियिमित पुजापाठ बाहेक भिडभाड हुने अन्य क्रियाकलापहरु न्गर्ने, सार्वजनिक स्थलमा जाँदा सामाजिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाउन आग्रह गरेको छ ।

यस्तै कोभिड १९ को संक्रमण भएका व्यक्तीहरुलाइृ क्वारेन्टीन तथा आईसोलेसनमा राख्नका लासग सबै स्थानिय तहहरुले तत्काल प्रयोग गर्न सक्ने गरी क्वारेन्टीन र आईसोलेसन भवनहरु तयारी अवस्थामा राख्नुपर्ने, जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य केन्द्रहरुले न्यूनतम चेकजाँच, औषधी तथा उपकरणहरु तयारी अवस्थामा राख्ने, कोभिड १९ को संक्रमण परिक्षण सूचारु ग्र्ने र आवश्यकता अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्नका लागि स्वास्थ्य कार्यालय र स्थानिय तहलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।