पुजा मगरको बन्दै गरेको भुकम्प प्रतिरोधात्मक घर

२०७२ साल बैशाख १२ गतेको महाभुकम्पमा परी पुजा मगरको घर भत्कियो । घर भत्किएपछि जसोतसो गुजारा गर्दै आउनुभएकी पुजाले घर पुनर्निर्माणको लागि पाँच बर्ष पर्खनुप¥यो ।

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ डुम्रेकी पुजा मगरको घर भुकम्पको ५ वर्ष पछि पुननिर्माणको काम बल्ल सुरु भएको छ । निजि आवास पुन निर्माण अनुदानको रकम आउन ढिलाई हुँदा घर पुननिर्माणको काम पनि ढिलाई हुन पुगेको पुजा मगरकी भाई कुशल आले मगरले बताउनुभयो ।

यस विचमा घर निर्माणको लागि आउने अनुदान रकम लिनका लागि धेरै दुःख कष्ट झेल्नुपरेको कुशलले बताउनुभयो । राजनीतिक पहुँच नभएकै कारण आफ्नी दिदिको निजि आवास पुननिर्माणमा समस्या भएको मगरले आरोप लगाउनुभयो ।

भुकम्पका कारणले घर पूर्णरुपमा भत्किएको भएपनि अनुदान रकम लिन धेरै संघर्ष आफुहरुले गर्न परेको कुशलको गुनासो छ । पुजाको लाभग्राही सुचीमा नाम पनि निस्किएको हो तर कार्डमा केही गल्ती भएको भन्दै सच्याउनुपर्ने भन्दै वडा अध्यक्षले लामो समयसम्म काड फिर्ता नगर्दा घर बनाउनमा ढिलाई हुन पुगेको उहाले गुनासो गर्नुभयो । तर विभिन्न संघ संस्थाको समन्वय तथा पहलमा अब भने धेरै ढिला गरी घरको पुननिर्माण सुरुवात भएको छ उहाँले भन्नुभयो ।

‘एक पटक बनिसकेको रातो कार्ड वडा अध्यक्षले सच्याउन पर्ने भन्दै लानुभयो, तर लामो समयसम्म फिर्ता दिनुभएन, तर बल्ल रातो कार्ड हातमा परेको छ, कार्ड हातमा पर्ने वित्तिकै घर निर्माणको काम शुरु भएको छ, अव घर निर्माणको काम पुरा हुन्छ ।’ कुशलले एकै सासमा दुखेसो पोखे । रातो कार्ड सच्याउन पर्ने रहेछ भनेर लगे तर २ वर्ष सम्म पनी दिने सुरसार गरेनन् सगैँ नाम निस्केका छिमेकीको अनुदान किस्ता आयो उनीहरुले घर बनाएर बसोबास शुरु गरे तर हाम्रो अत्तोपत्तो भएन, कुशलले दुखेसो पोख्नुभयो ।

घर बनाउन जग्गा खरिद समेत गर्नुभएका पुजा मगरले अन्तिम समयमा अनुदान रकम नपाउँदा मानसिक रुपमा निकै विचलित भएको बताउनुभयो । आर्थिक अभावका विच किनेको जग्गामा घरको जग हाल्न नपाउँदा मन कुँडियो, घरै बनाउन नपाउने पो हो कि भन्ने पनि लाग्यो । उहाँले बताउनुभयो । गाउँको आपसी कुरालाई लिएर जनताको प्रतिनिधीले जनतालाई नै यसरी दुःख दिन नहुने उहाँको वुझाई छ ।

पालिकामा गुनासो राखेर पनि अनुदान नपाएपछि कुशलले विभिन्न सघंसस्थाको सहारा लिन थालेको बताउनुभयो । नागरिकता बनाउँन जिल्ला प्रशासन कार्यलय आउँदा समेत यस बारे आफुले सोध खोज गरेको उहाँ बताउनुहुन्छ । यस्तैमा उहाले ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले धादिङमा भुकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको विषयमा थाहा पाउनुभयो र कार्यालयको सम्पर्कमा रही आफुलाई परेको समस्याका विषयमा आवश्यक जानकारी गराउनुभयो । त्यसपछि संस्थाले उहाको समस्याका विषयमा सम्बन्धीत निकायमा समन्वय गर्ने र समस्या समाधानका लागि आश्वासन दिएपछि उहाको मनमा केही आशा पलायो ।

सोही अनुरुप भुकम्प गएको ५ वर्ष पुरा भएपछि भने पुजा आले मगरको भुकम्प प्रभावित आवास अनुदान प्राप्त गर्नुभएको हो । भुकम्प गएको यतिका लामो समयदेखी पनि भुकम्पको किस्ता नआउँदा पुजा मगरले नयाँ घरमा बस्ने सपना सपनामै सिमित हन्छकी भनेर सोचीसक्नुभएको थियो । नेपाल सरकारले दिने अनुदान कै विषयमा विभिन्न ठाउँ बुझ्न जाँदा ट्रान्परेन्सी इन्टरनेशनल नेपाललाई आफ्नो समस्या राखेको उहाँले बताउनुभयो ।

मैले आफ्नो समस्या राखे पछि उहाँहरुले गाउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सगँ समन्वय गर्दिनुभयो, त्यसपछि मैले अनुदान पाए, अहिले घरको डिपिसी हुँदै छ, पुजा मगरले भन्नुभयो । यही चैत १८ गते दोस्रो किस्ता पनि लिँदैछु । ढिलै भएपनि नया घरमा बस्न पाउने सपना पुरा हुन लागेकोमा खुशी व्यक्त गर्नुभयो । गएको मसिंर दोस्रो साता अनुदानको पहिलो किस्ता पाएसगैँ पुजा मगरको घरको अहिले पुननिर्माण भैईरहेको छ ।

यस विचमा सरोकारवाला निकाय सम्म आवाज पु¥याउन नसक्दा आफुले निकै मानसिक तनाव र सास्ती भोग्नु परेको पुजाका भाई कुशल मगरको अनुभव छ । जनताको सेवा गर्छु भनी शपथ लिएका व्यक्तिले साना तिना कुरामा अल्झिएर कसैप्रति पनि प्रतिशोध साँध्न नहुने उहाँको वुझाई छ । ‘धेरै संघर्ष पछि जसोतसो घर पुननिर्माणको काम सुरु भएको छ उहाँले भन्नुभयो ट्रान्सपरेन्सी भन्ने संस्थाले यत्ति नगरको भएत काम नै नहुने रहेछ, ट्रान्सपरेन्सी ईन्टरनेश्नल नेपाललाई धेरै धेरै धन्यावाद छ ।’
धादिङमा पुननिमार्णको काम लगभग अन्तिम चरणमा छ । विनासकारी भुकम्पका कारण नागरिकहरु वर्षाै सम्म पनि अस्थायी टहरामै जिवनयापन गर्न बाध्य भए । धेरैजसो भुकम्प प्रभावितहरु भुकम्प प्रतिरोधात्मक घरमा बसिसकेका छन् । केही भुकम्प प्रभावितहरुको घरको पुननिर्माणको काम भने बल्ल सुरुवात हुँदैछ ।

Facebook Comments