प्रथम पटक प्रकाशन मितिः २०७७।१२।०४
खनियाबास गाउपालिका, धादिङ र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण आपसी विकास (आरएमडी) द्वारा “कृषि तथा पशुवस्तु उत्पादन र बजारीकरण साझेदारी परियोजना” संचालनका लागि तपशिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकाले यो सुचना प्रकाशन भएको मितिले १५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्वन्धी विवरण :
क) पद : कार्यक्रम संयोजक
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
कृषि÷भेटेनरी, समाजशास्त्र विषयमा स्नातकतह उतिर्ण गरी ३ वर्ष सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
योजनातर्जुमा, बजेट व्यवस्थापन, परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
सानाकिसान सवलिकरण तथा उद्यमशिल साझेदारी कार्यक्रम सम्बन्धि ज्ञाान, सीप र अनुभव भएको ।
कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, प्रतिवेदन लेखन सम्वन्धी ज्ञाान, सीप भएको ।
कृषि तथा पशु वस्तुमा आधारीत व्यवसाय तथा उद्यमशीलतामा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
कम्प्युटर सम्वन्धी (Microsoft Word, Excel, Powerpoint, Internet) दक्षता भएको ।
कार्यक्रम संयोजक कम्तीमा ८० प्रतिशत समय अवधि परियोजना क्षेत्रमा बस्नुु पर्नेछ ।
ख) पद : प्राविधिक संयोजक
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
भेटनरी विषयमा जेटि (JT) उत्तिर्ण गरी सम्बन्धीत विषयमा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
प्राविधिक तालिमको आयोजना, संञ्चालन तथा फिल्ड अनुगमन गर्न सक्ने ।
कम्प्युटर (Microsoft Word, Excel, Powerpoint, Internet) सम्वन्धी दक्षता भएको ।
प्राविधिक संयोजक परियोजना क्षेत्रमा ९ाष्भमि दबकभम० बस्नुपर्नेछ ।

ग) पद : लेखापाल
पद संख्या : १ (एक) जना
न्युनतम योग्यता र कार्यानुभव :
वाणिज्य शास्त्रम १२ कक्षा उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
लेखाका आधारभुत सिद्धान्तको विषयमा दक्ष ।
कम्प्युटर सम्वन्धी दक्षता भएको । लेखा सफट्वयर सम्वन्धी अनुभवी ।
लेखाप्रतिवेदन तयारी, तथ्याङ विश्लेषण, बजेट निर्माण सम्वन्धी ज्ञाान भएको ।
स्थानीय सरकारको लेखा प्रणाली सम्वन्धि अनुभव र ज्ञाान सीप भएको ।
बजेट निकासा तथा फर्छौट स्थानीय सरकारको लेखा प्रणालीको अनुभव र ज्ञाान सीप भएको ।
नियमित तथा आवश्यक्ता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण तथा पालिकासंग समन्वय र सम्पर्क राख्न सक्ने ।
घ) पद : सामुदायीक सहजकर्ता
पद संख्या : ५ जना
न्युनतम योग्यता :
१०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्यश्रृंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको ।
स्वाभलम्वन समूह गठन तथा परिचालन सम्वन्धि अनुभव भएको ।
स्वतन्त्ररुपले तालिम सहजीकरण तथा व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञाान सीप भएको ।
महिला तथा युवा सशक्तिकरण, समुह व्यवस्थापन र सामाजिक परिचालन सम्वन्धी दक्षता भएको ।
कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने विशेष ज्ञान भएको ।
खनियाबांस गापा क्षेत्रमा स्थाई बसोवास भएको हुनुपर्ने ।
२. सेवा सुविधा : परियोजनाको नियमानुसार हुनेछ ।
३. दरखास्त दिने अन्तीम मिति : २०७७।११।१८ कार्यालय समय भित्र ।
४. परिक्षको किसिम : लिखित, अन्तवार्ता र आवश्यकता अनुसार प्रयोगात्मक
५. आवश्यक कागजातहरु : कुन पदमा आवेदन गरेको हो सो को विवरण समेत खुल्ने गरी निवेदन, व्यक्तिगत विवरण (बायोडाटा), शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, सम्वन्धीत विषयको कार्यानुभवपत्र, पासपोर्ट साईजको १ प्रति फोटो र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपी स्क्यान गरी ग्रामीण आपसी विकास (आरएमडी), धादिङको इमेल वा कार्यालयमा दरखास्त बुझाउनु पर्नेछ ।
नोट : प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरुलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्याद नाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
ग्रामीण आपसी विकास (आरएमडी)
नीलकण्ठ नगरपालिका–३, बिचबजार, धादिङ
इमेल : rmdnepal@gmail.com फोन नं. ०१०–५२०७८२