
धादिङमा सोमबार थप १ सय ६४ जनामा कोरोना संक्रमणपुष्टी भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ६४ जना, धुनिबेसि नगरपालिकाका ३२ जना, ज्वालामुखी गाउपालिकाका २ जना, खानियाबास गाउपालिकाका ६ जना, रुबिभ्यालि गाउपालिकाका ७ जना, गजुरी गाउपालिकाका २ जना, त्रिपुरासुन्दरी गाउपालिकाका ४ जना, थाक्रे गाउपालिकाका १६ जना, सिद्धलेक गाउपालिकाका ९ जना र गंगाजमुना गाउपालिकाका ४ जना गरी १ सय ४६ जना जिल्लाभित्र रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
सोमबार जिल्ला बाहिरको पोजिटिभको संख्या १८ रहेको छ । योसगैँ जिल्ला भित्र ९ सय ६५ र जिल्ला बाहिर १ सय ५९ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या १ हजार १ सय २४ पुगेको छ ।
संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २२, संस्थागत आइसोलेसनमा ३२ र होम आइसोलेसनमा ९ सय ११ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा ३५ र होम आइसोलेसनमा १ सय २४ रहेका छन् । सोमबार ९० जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी निलकण्ठ नगरपालिकामा २ सय ३१, बेनिघाट रोराङ गाउपालिकामा ९३ र गंगाजमुना गाउपालिकामा २८ गरी जम्मा ३ सय ५२ स्वाब संकलन गरीएको छ । सोमबार एन्टीजेन परिक्षण गरीएका २ सय ५ जनामध्ये ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।