१२ असार,धादिङ ।
शनिबार सदरमुकाम धादिङबेसीमा कोभिड १९ कोरोना भाईरसका कारण संचार माध्यममा परेको समस्या र श्रमजीवी पत्रकारहरुको वर्तमान अवस्थाको विषयमा अन्र्तकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ धादिङको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा धादिङ जिल्लामा रहेर राष्ट्रिय तथा स्थानिय मिडियामा आवद्ध पत्रकार तथा संचलकहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागी पत्रकारहरुले कोभिडका कारण छापा माध्यमका पत्रपत्रिका प्रकाशन गर्न र रेडियो, टेलिभिजन तथा अन्य डिजिटल मिडियाहरु संचालनमा समस्या भएको बताएको थियो । यसका साथै जिल्लामा क्रियासिल पत्रकारहरुले पर्याप्त मात्रामा सहि, सत्य, तथ्यका आधारमा विश्वसनिय र खोजमूलक समाचारहरु लेख्न नसकेको पनि स्वयम पत्रकारहरुले बताएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण वस्नेतले पत्रकारीताको क्षेत्रलाइ सुद्धिकरण गर्नुपर्ने समय आएको र गैह्र पत्रकारहरुका कारण पत्रकारीता क्षेत्रमा विभिन्न किसिमका समस्या र चुनौतिहरु थपिएको बताउनुभयो ।

पत्रकारीताको क्षेत्र सुद्धिकरणको लागि जिल्लास्तरबाट अभियान चलाउनु पर्ने र गैह्र पत्रकारहरुलाइ फिल्टर गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रेस काउन्सिल नेपालले काम गर्ने बताउनुभयो । पत्रकारीता क्षेत्र अनुशासित, मर्यादित, विश्वसनिय र उत्तरदायी हुनपर्ने बताउनुभयो ।

साथै प्रेस काउन्सिलले श्रमजीवि पत्रकारहरुको हक हित र पेशागत सुरक्षाको निम्ति निरन्तर पहल गरिरहको बताउनुभयो । यो कोभिडको बीचमा कोभिडका कारण बिरामी भएका पत्रकारहरुको लागि जनहि २५ हजार रुपैंया आर्थिक सहयोग गरेको र आगामी दिनमा निशुल्क उपचारको लागि नेपाल सरकारसंग माग गरिरहेको पनि बताउनुभयो ।

अध्यक्ष वस्नेतले अनलाईन मिडियाहरुलाइ सुचिकृत गरी लोककल्याणकारी विज्ञापन प्रदान गर्न पहल गर्ने, प्रवद्र्धन र विकासको लागि सहयोग गर्नुका साथै नियमन र नियन्त्रण पनि गर्ने बताउनुभयो । वस्नेतले पत्रकारहरुको लागि लेखनवृक्ति कार्यक्रम संचालन गर्न लागेको पनि बताउनुभयो ।

केहि समय अघि मात्र प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त भएका वस्नेतलाइ नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले कार्यकाल सफलताको शुभकामनाका साथै सम्मान पत्र र खादाद्धारा सम्मान गरेको थियो ।

Facebook Comments