धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १३ को स्याउली आसपासका विभिन्न गाउँका अति विपन्न ३० घर परिवारलाई राहत वितरण गरेकोे छ ।

कोरोना महामारीका कारण समस्यामा परेका परिवारलाई विलिभर्स ईस्टर्न चर्च धादिङवेशींले विहिबार राहत सामाग्री वितरण गरेको हो । महिला वडा सदस्य राधिका गुरुङको अध्यक्षतामा राहत वितरण गरिएको विलिभर्स ईस्टन चर्च धादिङवेशींका फादर सन्त गुरुङले जानकारी दिनुभयो ।

चर्चले प्रत्येक परिवारलाई २५ सयका दरले दाल, चामल, नुन, तेल, साबुन लगायतका सामाग्री राहत वितरण गरिएको फादर गुरुङले बताउनुभयो ।

चर्चमा उठेको दशांस भेटिबाट राहत सामाग्री खरिद गरि वितरण गरिएको उहाँले बताउनुभयो । विलिभर्स ईस्टन चर्च धादिङवेशींले धादिङ लगायत अन्य जिल्लाका विपन्न, असाहय परिवारलाई समेत सहयोग गर्दै आएको छ ।

राहत सामाग्री वितरण कार्यक्रमको तस्विर:

 

Facebook Comments