२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विलिभर्स ईस्टर्न चर्च धादिङद्वारा राहत वितरण

विलिभर्स ईस्टर्न चर्च धादिङद्वारा राहत वितरण

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १३ को स्याउली आसपासका विभिन्न गाउँका अति विपन्न ३० घर परिवारलाई राहत वितरण गरेकोे छ ।

कोरोना महामारीका कारण समस्यामा परेका परिवारलाई विलिभर्स ईस्टर्न चर्च धादिङवेशींले विहिबार राहत सामाग्री वितरण गरेको हो । महिला वडा सदस्य राधिका गुरुङको अध्यक्षतामा राहत वितरण गरिएको विलिभर्स ईस्टन चर्च धादिङवेशींका फादर सन्त गुरुङले जानकारी दिनुभयो ।

चर्चले प्रत्येक परिवारलाई २५ सयका दरले दाल, चामल, नुन, तेल, साबुन लगायतका सामाग्री राहत वितरण गरिएको फादर गुरुङले बताउनुभयो ।

चर्चमा उठेको दशांस भेटिबाट राहत सामाग्री खरिद गरि वितरण गरिएको उहाँले बताउनुभयो । विलिभर्स ईस्टन चर्च धादिङवेशींले धादिङ लगायत अन्य जिल्लाका विपन्न, असाहय परिवारलाई समेत सहयोग गर्दै आएको छ ।

राहत सामाग्री वितरण कार्यक्रमको तस्विर:

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।