धादिङमा शनिबार थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमणपुष्टी हुेनमा निलकण्ठमा ३, गजुरीमा २, ज्वालामुखीमा २, गंगाजमुनामा ५, त्रिपुरासुन्दरीमा ९ र धादिङ्ग हस्पिटलमा ७ जना रहेका छन् ।

यो संगै जिल्लामा कोरोना संक्रमितको सक्रिय संख्या ४५३ पुगेको छ । भने शनिबार १ सय जना कोरोना संक्रमणमुक्त भएका छन् ।

जिल्ला हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा ४ र होम आइसोलेसनमा ४३६ रहेका छन् । धादिङ्ग हस्पिटलमा ३८ स्वाब संकलन भएको छ । ८७ एनटीजेन परिक्षण मध्ये २८ पोजिटिभ आएको छ ।

Facebook Comments