धादिङमा आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ८ सय १ जनाले साधारण राहदानीका लागि सिफारिस गरेका छन् ।

जसमा २ हजार ४ सय ११ जना पुरुष, १ हजार ३ सय ४७ जना महिला र ४३ जना नाबालक रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । भने द्रुत राहदानीका लागि १ हजार ६ सय ९८ जनाले सिफारिस गरेको छन् ।

७ सय ८९ थान राहदानी वितरण हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । साधारण राहदानीको लागि ५ हजार र १० बर्ष भन्दा कम उमेरका नाबालकलाई २ हजार ५ सय र यदि राहदानी हराएमा वा भौतिक क्षति भएमा थप १० हजार शुल्क तिर्नु पर्ने जिल्ला प्रशासन कार्यालय धादिङका राहदानी शाखाका कर्मचारी बिजन ढकालले बताउनुभयो ।

गत बर्षको तुलनामा यो बर्ष राहदानी बनाउनेको संख्या बढेको उहाँले बताउनुभयो । गत बर्ष कोरोना भाइरस संक्रमणका कारण सरकारले वैदेशीक रोजगारीमा जान हवाई यात्रामा प्रतिबन्द लगाएको र अहिले बिस्तारै बैदेशिक रोजगारीका अवसर पनि खुल्दै गएकाले राहदानी बनाउनेको संख्या बढ्दै गएको विजन ढकालको भनाई रहेको छ ।

राहदानी बनाएर विदेश नै जाने भन्ने नभएको र कतिले राहदानी बनाउन सिफारीस गरेर राहदानी लिन नै नआउने गरेको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा राहदानी शुल्कबाट १ करोड ९२ लाख ७० हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय धादिङको तथ्याङकमा उल्लेख छ ।

Facebook Comments