२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाली कांग्रेस धादिङको १० स्थानिय तहमा सभापती चयन

नेपाली कांग्रेस धादिङको १० स्थानिय तहमा सभापती चयन

नेपाली काग्रेस धादिङको १० ओटा स्थानिय तहहरुमा सभापतीको चयन भएका छन् । ८ ओटामा सर्वसम्मत र २ ओटामा निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको हो ।

अहिले सम्म ज्वालामुखी, त्रिपुरासुन्दरी, गजुरी, वेनिघाट रोराङ, गल्छी, थांक्रे, र धुनिवेशी नगरपालिकामा सर्वसम्मत भएको नेपाली कांग्रेस धादिङका नबराज तिमिल्सीनाले जानकारी दिनुभयो । भने सिद्धलेक गाउँपालिका र गंगाजमना गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको तिमिल्सीनाले बताउनुभयो ।

गजुरी गाउँपालिकमा भुमी कंडेल, थांक्रेमा रामप्रसाद विडारी, गल्छीमा दिपक कार्की, ज्वालामुखीमा रेशमलाल काप्री, त्रिपुरासुन्दरीमा राजु उप्रेती, वेनिघाटमा ऋषिनाथ त्रिपाठी, खनियाबासमा मरिचमान तामाङ र धुनिवेशी नगरपालिकामा सुरज उप्रेती सर्वसम्मत चयन हुनुभएको हो । भने सिद्धलेकमा रामशरण गिरि र गंगाजमुना गाउँपालिकामा फैसिङ तामाङ निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको हो ।

यता नेपाली कांग्रेस धादिङ नीलकण्ठ नगरपालिकाको अधिवेशन मतदान सुरु भएको केहिबेरमै रोकिएको छ । मतदानस्थलमा दुई पक्षबीच विवाद हुन थालेपछि मतदान स्थगित गराएको हो । नीलकण्ठ नगरपालिकामा भिम ढुंगानाबाट पक्ष शम्भुसिङ ठकुरी र रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार छन् ।

अब नीलकण्ठ, रुविभ्याली र नेत्रावती डबजोङ गाउँपालिकाको मत परिणाम आउन बाँकी रहेको छ । जिल्लाभरबाट कांग्रेसको २ हजार १ सय ८२ जना प्रतिनीधिहरु चुनिएका छन् । सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १ सय ७८ जना महिला र ३ सय १० जना पुरुष गरि ४ सय ८८ जना प्रतिनीधिहरु चुनिएका छन् ।

भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना चुनिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।