नेपाली काग्रेस धादिङको १० ओटा स्थानिय तहहरुमा सभापतीको चयन भएका छन् । ८ ओटामा सर्वसम्मत र २ ओटामा निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको हो ।
अहिले सम्म ज्वालामुखी, त्रिपुरासुन्दरी, गजुरी, वेनिघाट रोराङ, गल्छी, थांक्रे, र धुनिवेशी नगरपालिकामा सर्वसम्मत भएको नेपाली कांग्रेस धादिङका नबराज तिमिल्सीनाले जानकारी दिनुभयो । भने सिद्धलेक गाउँपालिका र गंगाजमना गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको तिमिल्सीनाले बताउनुभयो ।
गजुरी गाउँपालिकमा भुमी कंडेल, थांक्रेमा रामप्रसाद विडारी, गल्छीमा दिपक कार्की, ज्वालामुखीमा रेशमलाल काप्री, त्रिपुरासुन्दरीमा राजु उप्रेती, वेनिघाटमा ऋषिनाथ त्रिपाठी, खनियाबासमा मरिचमान तामाङ र धुनिवेशी नगरपालिकामा सुरज उप्रेती सर्वसम्मत चयन हुनुभएको हो । भने सिद्धलेकमा रामशरण गिरि र गंगाजमुना गाउँपालिकामा फैसिङ तामाङ निर्वाचन प्रक्रियाबाट सभापतीको टुङ्गो लागेको हो ।
यता नेपाली कांग्रेस धादिङ नीलकण्ठ नगरपालिकाको अधिवेशन मतदान सुरु भएको केहिबेरमै रोकिएको छ । मतदानस्थलमा दुई पक्षबीच विवाद हुन थालेपछि मतदान स्थगित गराएको हो । नीलकण्ठ नगरपालिकामा भिम ढुंगानाबाट पक्ष शम्भुसिङ ठकुरी र रामनाथ अधिकारी पक्षबाट ध्रुव रिजाल अध्यक्षका उम्मेदवार छन् ।
अब नीलकण्ठ, रुविभ्याली र नेत्रावती डबजोङ गाउँपालिकाको मत परिणाम आउन बाँकी रहेको छ । जिल्लाभरबाट कांग्रेसको २ हजार १ सय ८२ जना प्रतिनीधिहरु चुनिएका छन् । सबै भन्दा बढी नीलकण्ठ नगरपालिकाबाट १ सय ७८ जना महिला र ३ सय १० जना पुरुष गरि ४ सय ८८ जना प्रतिनीधिहरु चुनिएका छन् ।
भने सबै भन्दा कम नेत्रावती डवजोङ गाउँपालिकाबाट ३१ महिला र ६२ पुरुष सहित ९३ जना चुनिएका छन् ।