धादिङको बेनिघाटरोराङ गाउपालिकाको वडा नम्बर ५ विशालटास्थित चन्द्रोदय माध्यमिक विद्यालयमा संचालित जिल्लास्तरीय खुल्ला टी–२० क्रिकेट खेल शुक्रबार पनि जारी रह्यो ।
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा क्रिकेट प्रतियोगितामा आयोजना गरिएको हो । प्रतियोगिताको आज दोस्रो दिन ३ वटा खेल सम्पन्न भएको छ । १४ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा विहिबार र शुक्रबार गरि ५ वटा खेल सम्पन्न भइसकेको संघका अध्यक्ष दिपेश कडेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेतालाई नगद १ लाख र उपविजेतालाई नगद ५० हजारसहित पुरस्कृत गरिने आयोजक धादिङ जिल्ला क्रिकेट संघले बताइएको छ ।
नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका र टोयोटा कम्पनीले नगद २–२ लाख सहयोग
धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको जिल्ला स्तरिय टी २० क्रिकेट प्रतियोगिताको लागि नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका र टोयोटा कम्पनीले नगद २–२ लाख सहयोग गर्ने भएको छ ।
क्रिकेट प्रतियोगिता धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्वर ५ स्थित विशालटारमा संचालन भइरहेको छ । प्रतियोगिताको लागि नीलकण्ठ नगरपालिका, बेनीघाट रोराङ गाउँपालिका र टोयोटा कम्पनीले नगद २–२ लाख सहयोग गर्ने भएको छ ।
यस्तै प्रतियोगिताको लागि अन्तराष्ट्रिय धादिङ समाजले ब्राण्डिङ पाट्नरको रुपमा १ लाख सहयोग गरेको छ । बेनीघाट रोराङका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले छोराको नाममा २५ हजार सहयोग गर्नुभएको धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कडेलले जानकारी दिनुभयो ।