कार्तिक १५, धादिङ ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्याले आज राजिनामा दिएको छ । प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि उनले सोमबार प्रदेश सभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेको हो । आजै मुख्यमन्त्रीको राजीनामा स्वीकृत हुने र प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गर्ने जनाएको छ । राजीनामा दिनु पहिले आचार्याले प्रदेश सभा बैठकमा आफ्नो सरकारले गरेका काम कारबाहीहरु बारे जानकारी गराएका थिए । आचार्य नेकपा एमाले प्रदेश नम्बर १ का संसदीय दलका नेतासमेत हुन् ।

यता वपक्षी गठबन्धनले भने भावी मुख्यमन्त्रीको रुपमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । राईलाई मुख्यमन्त्री बनाउन सांसदको हस्ताक्षर लिइएको छ । प्रदेश सभाको बैठक कात्तिक आगामाी कार्तिक २३ गतेसम्मका लागि सभामुखले स्थगित गरेका छन् ।

Facebook Comments