कार्तिक १६, धादिङ ।
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आजै सपथ लिएका छन् । प्रदेशका प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले राईले पद तथा गोपनीयताको सपथ गराएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गरिएको छ ।
सत्तारुढ गठबन्धन दलहरुको सहमतिअनुसार नेपाली कांग्रेसले २, नेकपा (माओवादी केन्द्र) ले १, जनता समाजवादीले १ मन्त्री पाएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई पनि एक राज्यमन्त्री दिइएको छ ।
आज नियुक्त मन्त्रीहरूमा नेपाली कांग्रेसको तर्फबाट हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, माओवादीका इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, जसपाका जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त भएकी छन् । नवनियुक्त मन्त्रीहरूलाई आजै सपथ गराइएको छ ।
