धादिङको सिद्धलेक गाउपालिका वडा नम्बर ६ कुम्पुर भञ्ज्याङका दृष्टिविहिन विद्यार्थीलाई ल्यापटप सहयोग गरेको छ ।
जेहेन्दार दृष्टिविहिन विद्यार्थी संगिता घलेलाई पठनपाठन कार्यमा सहयोग स्वरुप सिद्धलेक गाउपालिकाले १ थान ल्यापटप सहयोग गरेको हो । सिद्धलेक गाउपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल तथा उपाध्यक्ष कमला शर्माले घलेलाई ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।
संगिता घलेले पालिकामा सहयोगको लागि निवेदन दिनुभएको थियो । पढ्नमा जेहेन्दार घलेको पढाइमा सहयोग पुग्ने गरि पालिकाको निर्णयअनुसार घलेलाई ल्यापटप हस्तान्तरण गरेको सुचना प्रविधि अधिकृत रामकुमार अधिकारीले जानकारी दिनुभयो ।
योसँगै सिद्धलेक गाउपालिकाले आगामी दिनमा पालिकाभित्रका गरिब, अपाङ्गता भएका, जेहेन्दार विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्दै जाने समेत बताइएको छ ।