१७ पुुस, धादिङ ।
नेपाल आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन (फोनिज) को सातौं संघिय महाधिवेशन आगामी माघ ७ र ८ गते चितवनको सौराहामा हुने भएको छ । फोनिजको शुक्रबार सम्पन्न संघिय समितिको बैठकले महाधिवेशन गर्ने निर्णय गरेको हो । साथै बेठकले व्यवस्थापनको जिम्मेवारी स्थानीय आयोजक चितवन जिल्ला शाखालाइ दिएको छ । बैठकले आर्थिक व्यवस्थापनको लागि संघिय समितिका पदाधिकारी, सदस्य, संस्थागत सदस्य संस्था, प्रदेश समिति र जिल्ला शाखाहरुको दायित्व पनि निर्धारण गरेको छ । बैठकले अधिवेशन गर्न बांकि रहेका जिल्लाहरुलाइ यहि पुस २१ गगेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्न र प्रदेश समितिहरुले पुुस २४ गते नै प्रदेश महाअधिवेशन सम्पन्न गर्न निर्देशनात्मक निर्णय सहित परिपत्र गरेको छ । साथै यहि पुस २९ गते महाधिवेशन सम्बन्धी विविध विषयमा छलफल गर्न संघिय महाधिवेशन प्रतिनिधिहरुसँग भर्चुअल छलफल गर्ने पनि निर्णय गरेको छ ।

फोनिजको नेपाल भरी ५४ वटा जिल्ला शाखाहरु रहेका छन् भने जापान, मलेशिया, अमेरिका, दक्षिण कोरिया, दुबई र बेलायत गरी ६ वटा प्रवास शाखाहरु रहेका छन् । पत्रकारीताको क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था फोनिजमा तामाङ, गुरुङ, मागर, नेवार, थारु, राई, शेर्पा, कुमाल, चौधरी, दराई, चेपाङ, लिम्बु लगाएतका आदिवासी जनजाति पत्रकारहरु आवद्ध रहेका छन् । आदिवासी जनजाति पत्रकारहरुले आफ्नो समुदायको हक अधिकार,सामाजिक, साँस्कृतिक, आर्थिक लगायत विभिन्न विषहरुमा सुशुचित र पैरवी गर्दै आईरहेको छ ।