धादिङमा बुधबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमित हुनेहरुमा निलकण्ठ नगरपालिकामा ६, गल्छीमा १, ज्वालामुखीमा २, गंगाजमुनामा ४, नेत्रवातिमा ५, सिद्धलेकमा २ र धादिङ अस्पतालमा १६ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । ६९ जनामा गरिएको एन्टिजेन परिक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यो सँगै जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या २ सय ६६ पुगेको छ । यस्तै आज १४ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आईसोलेसनमा रहेका छन् ।











