६ माघ, धादिङ ।
आइसिसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम १६ सदस्सीय टोलीको छनोट गरेको हो । विश्वकप छनोटको समूह ‘ए’ अन्तर्गतको ग्लोबल छनोट फागुन ५ देखि १२ गतेसम्म ओमनमा आयोजना हुँदैछ । छनोट खेलमा आयोजक ओमनसहित नेपाल, फिलिपिन्स, क्यानडा, संयुक्त अरब इमिरेट्स (युएई), बहराईन, आयरल्याण्ड र जर्मनी रहेका छन् ।

यस समूहबाट विजेता शीर्ष दुई टोली यसैवर्ष अष्ट्रेलियामा हुने विश्वकपका लागि छनोट हुने छन् । नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, करण केसी, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, शाहब आलम, कमलसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, लोकेश बम र प्रदीप ऐरी छन् । यस छनोट टिममा युवा ब्याट्सम्यान लोकेश बम र विवेक यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । यस्तै शरद भेषवाकर, प्रदीप ऐरी र जीतेन्द्र मुखियाले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोद भण्डारी र सोमपाल कामी भने टोलीमा परेका छैनन् ।

Facebook Comments