२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको चालिसेमा माईक्रोको ठक्करबाट पैदल यात्रुको मृत्यु

धादिङको चालिसेमा माईक्रोको ठक्करबाट पैदल यात्रुको मृत्यु

पृथ्वीलोकमार्ग अन्र्तरगत धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ७ चालिसेमा गएराती माईक्रो बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर जिल्ला बेलका नगरपालिका बस्ने ४२ वर्षिया दुर्गा घिमिरे रहेका छन् । घिमिरेको शिक्षण अस्पताल काठमाण्डौंमा उपचारका क्रममा गएराती सवा आठ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

काठमाण्डौंबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ४३३८ नम्बरको हाईसले बाटोमा हिडिंरहेकी घिमिरेलाई ठक्कर दिएको थियो । ठक्कर दिने माईक्रोबस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।