धादिङमा बुधबार थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमण पुष्टी हुनेमा निल्कण्ठमा ३, धुनिबेसिमा १, गल्छीमा २, गजुरीमा ५, बेनिघाटमा ३, ज्वालामुखीमा ५, त्रिपुरासुन्दरीमा ५ र गंगाजमुनामा ३ जना रहेका छन् ।
यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ६५ पुगेको छ । ४४ एण्टिजेन परिक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यस्तै आज ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । धादिङमा कोरोना संक्रमणको दर ६१.४ प्रतिशत रहेको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्क छ ।











