२३ माघ, धादिङ
प्रदेश नम्बर १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च को ५ दलीय गठबन्ध सरकारले आईतबार ७ बाट मन्त्रालयको संख्या १२ पु¥याउने निर्णय गरेको थियो । तर मन्त्रिपरिषदको निर्णय विपरित ७ बाट मन्त्रालयको संख्या १३ वटा बनाएको छ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । आजै प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त ८ जना मन्त्रीलाई शपथ ग्रहण गराएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाश प्रताप हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् । माओवादी केन्द्रको तर्फबाट खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा रामकुमार राई, कृषि मन्त्रीमा झलकबहादुर मगर यस्तै, नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सामाजिक विकासमन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र घिमिरेले शपथ लिएका हुन् ।
यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजनामन्त्रीमा आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका केदार कार्की छन् । सामाजिक विकास राज्य मन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् ।