२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सडक मर्मत गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

तस्विर : पत्रकार शिव शिलवाल
२७ माघ, धादिङ
धादिङका प्रमुख जिल्ला अधिकारीले त्रिभुवन राजपथ अन्र्तगतको नौविसे–नागढुङ्गा सडक तत्काल मर्मत गर्न सडक विभागलाइ निर्देशन गर्नुभएको छ । गत मंगलबार उक्त सडक खण्डको अवलोकन पछि यस्तो निर्देशन गर्नुभएको हो । बिग्रँदो, जिर्ण सडकका कारण सवारी आवागमनमा समस्या हुनका साथै दुर्घटना बढ्ने हुँदा यात्रुहरुको जिउधनको सुरक्षाका गर्नु आफ्नो आयित्व भएकोले सडक सुधार आवाश्यक भएको भन्दै सडक मर्मतको लागि निर्देशन गर्नु भएको हो ।

दैनिक हजारौंको संख्यामा सवारीका साधनहरुबाट मानिसहरु आवतजावत गर्ने प्रमुख मार्ग त्रिभुवन राजपथको अवस्था निकै दयनीय भएको र जस्ले गर्दा आम यात्रुहरुले यात्राका क्रममा निकै सास्ति खेप्नु परेको छ । यस सडक खण्डको विषयमा समय समयमा जनगुनासोहरु पनि आउने गरेको छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।