२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

खेलकुद महासंघको संयोजकमा बस्नेत, धादिङबाट २ जना सदस्य मनोनयन

खेलकुद महासंघको संयोजकमा बस्नेत, धादिङबाट २ जना सदस्य मनोनयन

२८ माघ, धादिङ ।
नेपाल खेलकुद महासंघकोे संयोजकमा कृष्ण बस्नेत (पर्शुराम) चयन भएको छ । माघ २३ गते काठमाडौंमा सम्पन्न महासंघको सातौं बैठकले बस्नेतको संयोजकत्वमा १९९ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको हो । नेकपा (एमाले) निकट महासंघका अध्यक्ष रमेश पौडेल नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएपछि बरिष्ठ उपाध्यक्ष बस्नेतलाइ संयोजकमा चयन गरिएको हो ।

बस्नेतको संयोजकत्वमा गठित दोस्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको आगामी बस्ने बैठकबाट महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको मिति र स्थान तय गर्नेछ । साथै महासंघले आगामी फागुन ७ गते सबै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । यसका साथै आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित कार्यक्रमहरु तय गर्ने जनाएको छ ।

महाधिवेशन आयोजक समिति सदस्यमा धादिङबाट सगुन थापा मगर र सालीग्राम भण्डारी चयन भएको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मुलपानीका सगुन थापा मगर लामो समयदेखि फुटबल क्षेत्रमा आवद्ध रहेको थियो । पछिल्लो समय हप्किडो मार्सल आर्ट महासंघ बागमती प्रदेश कमिटीको सदस्यमा रहेर काम गरिरहेको थियो । त्यसै गरि सालीग्राम भण्डारी भने भलिबल खेलसँग आवद्ध रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।