२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो, कुशल भुर्तेलको शतक

नेपालले फिलिपिन्सलाई १ सय ३६ रनले हरायो, कुशल भुर्तेलको शतक

आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको हो ।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रन बनायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै आजै डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक/एक विकेट लिए ।

आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतककाे मद्दतमा २ सय १८ रन बनाएकाे थियाे । टी–ट्वेण्टी अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो ।

कुशल भुर्तेलको शतक

नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–ट्वेण्टी क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार फिलिपिन्ससँगको खेलमा कुशलले शतक प्रहार गरेका हुन् ।

टी–ट्वेण्टी क्रिकेटमा यसअघि नेपालका पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्रै शतक प्रहार गरेका थिए । कुशलले आठौँ अन्तर्राष्ट्रिय खेलमै शतक प्रहार गर्न सफल भएका हुन् । याेसँगै कुशलले अन्तर्राष्ट्रिय टी–ट्वेण्टी क्रिकेटमा अर्धशतकको संख्या पनि पाँच पुर्याएका छन् । पारसले अन्तर्राष्ट्रिय टी–ट्वेण्टीमा चार वटा अर्धशतक प्रहार गरेका थिए । कुशल भुर्तेलले २०७८ सालको बैशाखमा नेदरल्याण्ड्सँग काठमाण्डौमा भएको त्रिदेशीय श्रृङ्खलाको क्रममा चारवटा अर्धशतक बनाएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।