८ फागुन, २०७८
संसद बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । यस अघि एमसीसीको विषयमा राजनैतिक दलहरुका बीचमा सहमती हुन नसकेर पटक–पटक स्थगित गरिएको संसद बैठक आज बस्न लागेको हो । एमसीसीको विषयमा अहिले सम्म पनि सत्तारुढ पाँचदलिय गठबन्धन दलभीत्र नै साझा धारणा बन्न सकेको छैन । एमसीसीमा साझा धारणा सहित सहमति जुटाउने प्रयासस्वरुप अहिले सत्तागठबन्धनको निर्णायक बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । संसद बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउने प्रयासस्वरुप बैठक बस्न लागेको हो ।

सत्तारुढ गठबन्धन दलका नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदबाट अनुमोदन हुन नसक्ने बताएको र गठबन्धनबाट बाहिरिने सम्म भनेका छन् । यद्यपी पार्टीको अझै आधिकारीक धारणा आएको छैन । नेकपा एसको हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी संसदमा टेबल हुनुपर्ने निर्णय गरेको छ । जसपाका नेताहरु पनि एमसीसी पास हुनुपर्ने पक्षमा रहेको छ । अन्तिम समयमा नेकपा माओवादी केन्द्र पनि एमसीसीको पक्षमा लचिलो भएको समाचारहरु आईरहेको छ । नेकपा माओवादी केन्द्र र नेकपा एसले भने सरकारमा रहेर आफ्ना जनवर्गीय संगठहरुलाइ निरन्तर एमसीसीको विरोधमा सडकमा प्रदर्शन गर्न लगाईरहेको छ । यसबाट सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेस भने शसंकित भएका छन् ।

संसद बैठकको सम्भावित अन्तिम कार्यसुची तयार गर्न संसदीय कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्ने तयारी गरिरहेको छ । आजको कार्यसुचीमा एमसीसीको विषय पनि पर्न सक्ने संभावना गरेको छ । यता संसदको सबैभन्दा ठूलो दल तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आजको संसद बैठकमा पनि अवरोध कायमै राख्ने जनाएको छ ।

Facebook Comments