२५ फागुन, धादिङ ।
नेपाली बजारमा बुधबार सुनको मूल्य अप्रत्यासित रुपमा बृद्धि भएको छ । बुधबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार रुपैयाँ पुगेको छ । आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यता नेपाल सुन चाँदी कला व्यवसायी संघ धादिङले कायम गरेको बुधबारको मूल्यमा भने केहि फरक रहेको छ । जसमा छापावाल सुनको मूल्य तोलाको १ लाख ६ हजार रुपैयाँ, तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार ४ सय ८० रुपैयाँ रहेको छ । यो मूल्य केहि सेवा शुल्क सहितको मूल्य हो । दुई हप्तादेखि जारी रुस र युक्रेनबीचको युद्धका कारण नेपाली बजारमा छोटो समयको बीचमा धेरै मूल्य वृद्धि भएको सुन  चाँदी कला व्यवसायी संघ धादिङका अध्यक्ष रमेश गुरुङले जानकारी दिनुभयो ।

Facebook Comments