२ चैत्र, धादिङ ।
नेपाली कांग्रेस निकट, नेपाल दलित संघ बागमती प्रदेशको उपाध्यक्षमा धादिङका राजन बराईली निर्वाचित भएको छ । चैत्र १ र २ गते काठमाडौंमा सम्पन्न बागमती प्रदेशको प्रथम अधिवेशनबाट बराईली उपाध्यक्षमा निर्वाचित भएको हो । नेपाल दलित संघ धादिङका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाको, कार्यपालिका सदस्य समेत रहेका बराईली लामो समयदेखि राजनैतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् । त्यसैगरी प्रदेश सदस्यमा नेपाल दलित संघ धादिङका सचिव ठाकुर परियार पनि निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट ललितपुरका रमेश अछामीको अध्यक्षतामा २४ सदस्यीय प्रदेश समिति चयन गरिएको छ । समितिको ३ जना उपाध्यक्षमा काठमाडौंका सुरेश परियार, धादिङका राजन बाराईली, महिला उपाध्यक्षमा काठमाडौंका सुना परियार, २ जना सचिवमा नुवाकोटका सुदर्शन नेपाली, काठमाडौंका राजु सुनार, १ जना सह–सचिवमा भक्तपुरका शर्मिला विश्वकर्मा र १ जना कोषाध्यक्षमा रामेछापका मैया महते सहित अन्य सदस्यहरु रहेका छन् ।
यहि चैत्र ७–९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरकोे नेपाल दलित संघले कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको प्रदेश अधिवेशन सम्पन्न नभएका कारण तोकिएको समयमा महाधिवेशन नहुने सम्भावना बढेको धादिङबाट केन्द्रिय महाधिवेशन प्रतिनिधी श्याम बहादुर मगरातीले जानकारी दिएका छन् ।











