नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष राजेन्द्र प्रताप शाहको आज विहान निधन भएको छ । शाहको ६० वर्षको उमेरमा काठमाण्डौं स्थित अल्का हस्पीटलमा उपचारको क्रममा निधन भएको हो । शाह दमको विरामी हुनुहुन्थ्यो । धादिङकै पहिलो फोटो पत्रकारको रुपमा समेत चिनिने पत्रकार शाह पछिल्लो समय पिजन खबर डटकमको प्रवन्ध निर्देशकको रुपममा कार्यरत हुनुहुन्थ्यो ।











