आसन्न निर्वाचनमा कुनै पार्टीसँग एकता नहुने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनु भएको छ ।
शुक्रबार प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले अघिल्लो निर्वाचनमा एमालेको बैशाखी टेकेर चुनाव जितेका दल र व्यक्तिहरुले अब फेरी त्यस्तो सपना नदेख्न आग्रह गर्नुभएको छ ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले धोका दिएको उहाँले आरोप लगाउनु भएको छ ।
पहिला एउटै चुनावी घोषणा पत्रमा चुनाव लडेका थियौं, धोका दिएर कांग्रेसका पक्षमा जानेलाई फेरी जिताइदिनुपर्ने जिम्मेवारी बोकेका छैनौं पोखरेलले भने एक पटक कम्तीमा प्रचण्ड र माधव नेपाललाई बाहिर राखेर चुनाव लड्न चाहन्छौं ।
प्रचण्ड र माधव नेपाल नेपाली कांग्रेसका सभापति एवं् प्रधानमन्त्री शेरबहादुर देउवाको सहयोगी मात्रै बनेको र समाजवादको बाटोतर्फ देशलाई डो¥याउन चाहनेहरु एमालेमा र पुँजीवादतर्फ हिड्न चाहनेहरु देउवातिर देखिएको बताउनु भयो ।
कांग्रेसले नेतृत्व गरेको बाटोमा हिँड्नेहरु कसरी कम्युनिष्ट र कसरी समाजवादी हुन हुन्छ ?उहाँहरुले रोजेको बाटो देउवाजीको बाटो हो समाजवाद र पुँजीबाद दुई वटा बाटो मध्य एउटा बाटो जनताले रोज्नेछ पोखरेलले बताउनु भयो ।
साथै अब नेकपा एमालेले गठबन्धन गरेर होइन एकल रुपमा नेकपा एमालेलाई बहुमत प्रदान गर्नेगरी तीनै तहको चुनावमा जनताको बीचमा जाने उहाँले जिकिर गर्नुभयो । माओवादी केन्द्र र माधव नेपाल पक्ष चुनावका लागि तयार नभएको र उनीहरु निर्वाचन सार्न अनेकौ हतकन्डा ारहेकोले त्यसको निम्ति आफुहरुले खबरदारी गर्न चाहेको बताउनु भयो ।











