२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भोली धादिङका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

भोली धादिङका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

धादिङमा भोलि विद्युत सेवाअवरुद्ध हुने भएको छ । धादिङवेशी सबस्टेशनबाट सप्लाई भएको ११ के.भि. मुरलीभञ्ज्याङ फिडर अन्तर्गतका लोड सेन्टरहरुमा लाईटिङ एरेष्टर जडान, मर्मत सुधार तथा प्रशारण लाईन नजिकका रुखका हांगाबिंगा काट्ने कार्य रहेकोले भोलि शनिबार विहान ११ बजेदेखी दिउँसो ३ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै मुरलीभञ्ज्याङ फिडर सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्र्तरगत वितरण भएका धादिङबेशी, सांकोष, मुरलीभञ्ज्याङ र ज्यामरुङ लगायतका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

विद्युत आपूर्ती बन्दका कारण ग्राहक वर्गमा पर्ने असुविधा प्रति प्राधिकरणले क्षमाप्राथी छौं सूचनामा भनिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।