६ चैत्र, धादिङ ।
नेपाल खेलकुद महासंघ (नेकोस) धादिङको इन्चार्जमा सगुन थापा मगर चयन भएको छ । (नेकोस) को दोश्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समते रहेका मगरलाइ गत फागुन २९ गते काठमाडौंमा बसेको (नेकोस) को दोश्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले जिल्ला इन्चार्जमा मनोनयन गरेको हो ।
दोश्रो राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण बैठकले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा २३ जना सदस्य मनोनीत गरेको छ । ३३ सदस्यीय स्थायी कमिटी गठन गरेको छ, भने ७७ सदस्यीय सचिवालय गठन गरेको छ । यसका साथै केन्द्रिय विभागका पदाधिकारी चयन, राष्ट्रिय खेल संघका इन्चार्ज/ अध्यक्ष तथा समिति निर्माण, प्रदेश कमिटीका इन्चार्ज / सह–इन्चार्ज र अध्यक्ष, जिल्ला कमिटीका इन्चार्ज तथा सह–इन्चार्ज, महानगर कमिटीका इन्चार्ज / अध्यक्ष / संयोजकहरु तोक्नुका साथै विभिन्न ९ वटा निर्णयहरु गरेको छ ।

नेकपा एमाले निकट यस नेपाल खेलकुद महासंघको पहिलो पूर्ण बैठकले आसन्न स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी केहि विशेष प्रस्ताव समेत पास गरेको छ । बैठकले गरेका सम्पूर्ण निर्णयहरुलाई समेटेर महासंघले सर्कुलर सहितको किताब प्रकाशन गरि वितरण गर्ने निर्णय पनि गरेको छ । नेकोस महाधिवेशन आयोजक कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) को अध्यक्षता बसेकोे बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं महासंघका इन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यता र नेकपा एमाले केन्द्रीय सदस्य एवं महासंघका सह–इन्चार्ज रमेशकुमार पौडेलको विशेष आतिथ्यता रहेको थियो ।