२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

उत्तरी धादिङको लिङ्जोमा सडक खन्ने क्रममा डोजरसहित पहिरोमा पुरिएका २ जनाको शव फेला

उत्तरी धादिङको लिङ्जोमा सडक खन्ने क्रममा डोजरसहित पहिरोमा पुरिएका २ जनाको शव फेला

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका–१ तिप्लिङको लिङ्जोमा सडक खन्ने क्रममा पहिरोले डोजरसहित पुरिएका दुई जनाको शव फेला परेको छ ।

३ महिना पछि वेपत्ता २ जनाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

सडक खन्दै गर्दा माथीबाट चट्टान खसेर डोजरसहित पुरिएका डोजर चालक काभ्रेका आकास तामाङ र रुविभ्याली–१ लिङ्जोका स्थानीय धन भनिने अनिष तामाङको कंकाल मात्रै भेटिएको उहाँले बताउनुभयो ।



उनीहरुले लगाएको कपडाको आधारमा शव पहिचान भएको हो । गत पुष २९ गतेको एउटै पहिरोमा पुरिएका सहचालक राजु तामाङको २ दिनपछि नै शव भेटिए पनि डोजर चालक आकास तामाङ र स्थानीय अनिष तामाङ बेपत्ता नै थिए ।

पहिरोबाट डोजरको पाटपुर्जा निकाल्ने क्रममा दुबै शवको कंकाल मात्रै भेटिएको हो । आफन्तहरुले भने पहिरोमै पुरिएर मृत्यु भइसकेको एकिन गर्दै काजकिरिया गरिसकेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।