धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिनुभएका शरद चन्द्र दनै घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । “पार्टीलाई पटक-पटक स्वतन्त्रलाई यस पटक” भन्ने नारासहित उहाँले मतदातासँग मत माग्नु भएको छ ।
मतदाताहरुको मत आफुतिर तान्न घरदैलो अभियानलाई व्यपाक बनाउनुभएको छ । सहकारीको प्रवन्धक देखि विभिन्न सामाजीक सेवामा क्रियाशिल दनैले आफ्नो जित सुनिश्चीत भएको दावी गर्नुभएको छ ।
आफू विजयी भएमा आगामी साउनदेखि लागू हुनेगरी ८० बर्ष पुगेका वृद्धलाई खाइपाइ आएको भत्तामा एक हजार रुपैयाँ थप गर्ने, अल्पु पार्क सुकौरा र साघुँडाँडा सिवालय मन्दिर क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने लगायतका २५ बुँदे योजना अघि सार्नु भएको छ ।
उहाँको चुनाव चिन्ह हाँस रहेको छ । उहाँले बुढीगण्डकी विस्थापितलाई आर्थिक समृद्धि, स्वास्थ र कृषिमा आत्मनिर्भरतालाई जोड दिनुभएको छ । तीन दशक भन्दा लामो समय नेकपा एमालेबाट राजनीतिमा सक्रिय उहाँले केहिदिन अघिमात्र उक्त पार्टीसँगको आवद्धता ताेड्नु भएको हो ।












