२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

२७ लाख ठगी गरी फरार व्यक्ति पक्राउ

२७ लाख ठगी गरी फरार व्यक्ति पक्राउ

पुस ४ -

नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७२ को फैसलाबाट दुई वर्ष कैद र दुई लाख जरिवाना ठहर भएपछि फरार भएका लमजुङका हरिबहादुर पाण्डेलाई बाँसबारीबाट पक्राउ गरेको हो ।

पाण्डेले वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेशन प्रालि नामको कम्पनी खोली वैदेशिक रोजगारीमा पठाउने इजाजतपत्र नलिई पीडितलाई पपुवा न्यूगिनी पठाइदिने भनी उक्त रकम लिएर नपठाई फरार भएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।