२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका पुराना राजनितिज्ञ 'मिस्टर' हरिबहादुरको निधन

पुस ४, धादिङ ।
धादिङका पुराना राजनितिज्ञ, पुर्व मन्त्री, धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ निवासी हरिबहादुर थापाको आज निधन भएको छ ।

काठमाडौ चाबहिल स्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको थापाका पारिवारिक श्रोतले जानकारी दिएका छन् । धादिङ जिल्लाबाट लगातार २५ वर्षसम्म राष्ट्रिय पञ्चायत सदस्य बन्नु भएका थापाले भूमिसुधार राज्यमन्त्री सम्मको जिम्मेवारी वहन गर्नुभएको थियो ।

पछिल्लो समय राजनीतिबाट टाढा रहनु भएका थापा काठमाडौंको बालाजुमा बसोबास गर्दै आउनु भएको थियो । पुराना राजनीतिज्ञ थापालाई मिस्टर हरिबहादुरको नामले पनि चिनिन्छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।