२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

टोखामा गोली हान्ने चार युवक बन्दुकसहित पक्राउ

पुस ५, काठमाडौं– टोखाको झोर नजिकै जंगलमा बुधबार दिउसो गोली चलाउने चार युवक बन्दुकसहित पक्राउ परेका छन् । प्रहरीले भरुवा बन्दुकसहित १४ वर्षिय सुशान्त तामाङ, २९ वर्षिय सुनिल तामाङ, १८ अंकित तामाङ र १७ विजय तामाङ पक्राउ परेका हुन् । उनीहरुमध्ये सुशान्तले बन्दुकबाट गोली चलाएका थिए ।

‘गोली चलाउने प्राक्टिस गर्दा महिलालाई लागेको उनीहरुले बताएका छन्,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताउनुभयो ।।
पक्राउ परेका सबै जना स्थानीय हुन् । उनीहरुले झोरको टासीडाँडा गोली चलाउदा स्थानीय ३५ वर्षिय दुर्गा पोखरेल घाइते भएकी थिइन् । उनको ग्रान्डि अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।