२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

क्रिकेट प्रशिक्षक पुबुदुद्धारा कार्यकाल नसकिदै पदबाट राजिनामा

क्रिकेट प्रशिक्षक पुबुदुद्धारा कार्यकाल नसकिदै पदबाट राजिनामा

साउन ४
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक पुबुदु दाशानायकेले पदबाट राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले पदबाट राजिनामा दिएको जानकारी गराएको हो । पुबुदुले नेपाल क्रिकेट संघ क्यानसँग दोस्रो कार्यकालका लागि गत बर्षको मंसिरमा दुई वर्षका लागि सम्झौता गरेको थियो । नेपाली राष्ट्रिय क्रिकेट टिमको पछिल्लो खेलहरु क्रमश बिग्रिएको भन्दै पुबुदुले सम्झौताको समयाअवधि सकिनु पहिले नै पदबाट राजिनामा दिएको हो । यद्यपी राजीनामापत्रमा भने उनले व्यक्तिगत कारण राजिनामा जिदएको उल्लेख गरेका छन् ।

पुबुदुले पहिलोपल्ट सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण भएको थियो । त्यस समयमा नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा वंगलादेशमा आयोजित टी–२० विश्वकपमा ऐतिहासिक छनोट भएको थियो । नेपाली क्रिकेट टीमलाइ टी–२० विश्वकपमा छनोट गराउने सपना दोस्रो पटक प्रशिक्षक बनेर आउँदा पनि पुबुदुले पुरा गर्न भने सकेनन् । ओमानमा भएको टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले ४ खेलमा जित हासिल गरेको थियो भने १ खेलमा पराजित भएको थियो । सेमिफाईनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रो पटक पनि विश्वकप खेल्नबाट बञ्चित भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।