साउनको पहिलो हप्ता वित्नै लाग्दा धादिङमा ६८ प्रतिशत रोंपाई सकिएको छ ।
धान रोपाई गर्ने बेलामा प्रयाप्त पानी नपर्दा रोपाई ढिला भएको कृषि ज्ञान केन्द्र धादिङका दिनेश आचार्यले जानकारी दिनुभयो । बेलैमा धान रोपाई गर्न नपाउँदा किसान चिन्तित छन् भने धान उत्पादनमा पनि कमि आउन सक्ने कृषि विज्ञहरुले बताएका छन् । धादिङको निलकण्ठ, धुनिवेशीं नगरपालिका, त्रिपुरासुन्दरी, नेत्रावती, वेनिघाट रोराङ, गजुरी, थांक्रे, गल्छी लगायतका क्षेत्रहरुमा बर्खे धानको खेती हुँदै आएको छ ।
धादिङमा १३ हजार ६ सय हेक्टर क्षेत्रफलमा ३४ हजार मेट्रिकटन बर्खे धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र धादिङको तथ्याङ्क रहेको छ । धादिङमा उन्नत जातका सावित्री, मकवानपुरे १, सुख्खा १, २, ३, खुमल ४, ७, ६ लगायतका धान रोपिंदै आएको छ ।











