२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार शंकर श्रेष्ठ ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पुरस्कृत

पत्रकार शंकर श्रेष्ठ ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पुरस्कृत

‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ बाट पत्रकार शंकर श्रेष्ठ पुरस्कृत हुनुभएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) धादिङले यो वर्षबाट स्थापना गरेको ‘फोनिज क्रियाशिल वर्ष पुरस्कार–२०७९’ प्रदान गर्न थालेको हो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) को २३ औ स्थापना दिवसको अवसरमा फोनिज धादिङले श्रेष्ठलाई नगद र सम्मान पत्रसहित निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको हो । पुरस्कृत हुनुहुने फोनिज वागमती प्रदेश समितिका कोषाध्यक्ष श्रेष्ठ नागरिक दैनिक र पाविल साप्ताहिकमा कार्यरत हुनुहुन्छ ।

विगत १३ वर्षदेखी विभिन्न सञ्चार माध्यममा आवद्ध भई पत्रकारिता मार्फत आदिवासी जनजाती समुदायको सवाललाई सशक्त बनाउन श्रेष्ठले खेल्नुभएको अविछिन्न योगदान प्रति उच्च प्रशंसा गर्दै फोनिज धादिङले पुरस्कृत गरेको हो । अक्षर, आवाज, दृश्य तथा पत्रकारितामा श्रेष्ठबाट अभिव्यक्त दृष्टिकोणले धादिङ र समग्र देशकै समस्त आदिवासी भूमिपुत्रहरुको आवश्यकता उजागर हुँदै आएकोले श्रेष्ठलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको फोनिज धादिङ अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।

यसैगरि फोनिजले धादिङले फोनिज धादिङका संस्थापक अध्यक्ष ठाकुर गुरुङलाई सम्मान गरेको छ । जिल्लामा फोनिज स्थापना गरि जनजाती पत्रकारहरु संगठीत गराउन खेलेको महत्वपूर्ण भुमिकाको सम्मान र जनप्रतिनिधीमा निर्वाचित हुनुभएकोमा बधाई दिंदै सम्मान गरिएको हो । सम्मानित हुनुभएका गुरुङ २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनमा नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

दिवशकै अवसर पारेर नेपाल पत्रकार महासंघलाई पनि फोनिज धादिङले सम्मान गरेको फोनिज धादिङका सचिव रेखबहादुर गुरुङले बताउनुभयो । फोनिजमा आवद्ध पत्रकारहरुको हकहित संरक्षण र क्षमता अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै पत्रकार महासंघलाई पनि संस्थागत रुपमा सम्मान गरिएको सचिव गुरुङले बताउनुभयो ।

तस्विर : सरिता श्रेष्ठ

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।