पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जरेखेतमा ट्रक दुर्घटनामा परेको छ ।
बिराटनगरबाट खानेतेल बोकेर काठमाडौं जादै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक आइतबार बिहान सडकबाट करिब दुई सय मिटर तल त्रिशुली नदी किनारमा पुगेको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी भावेश रिमालले बताउनुभयो । । डिएसपी रिमालका अनुसार खानेतेल बोकेर काठमाडौ जादै गरेको ट्रक अचानक आगलागी भइ सडकबाट त्रिशुली नदी किनारमा खसेको हो । ट्रक बिग्रेको र बाटोमा बनाउदै आएको चालकले जानकारी दिएको छ ।
ट्रकको इन्जिनबाट आगलागी भइ दुर्घटना भएको हो । मानवीय क्षति भने हुन पाएन । ट्रकले ल्याएको तेलमा ठूलो क्षति नपुगेपनि ट्रकको अगाडिको भाग जलेको डिएसपी रिमालले बताउनुभयो । इलाका प्रहरी कार्यालय गजुरीका डिएसपीसहितको जनपथ प्रहरीको टोली र आदमघाटस्थित शशस्त्र प्रहरीले ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको हो ।











