२०८३ कार्तिक १९, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बन

राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बन

राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछाने टिमबाट निलम्बनमा परेका छन् ।

१७ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा जाहेरी दर्ता भएपछि क्यानको कार्यसम्पादन समितिले लामिछानेलाई कप्तानबाट हटाइएको जनाएको छ ।

गएकाे मङ्गलवार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन सुरु गरेको छ । उनी बसेको भनिएका नगरकोट र काठमाण्डौका होटलको सीसीटीभी फुटेज सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच लामिछानेलाई पक्राउ गर्न आज बिहीवार जिल्ला अदालत काठमाण्डाैले अनुमति दिएको छ । अदालतले अनुमति दिएकाले अनुसन्धानका लागि अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्ने प्रहरीले जनाएकाे छ ।

लामिछाने अहिले देशबाहिर छन् । लामिछानेले भने आफ्नो संलग्नता अस्वीकार गरेका छन् र कानुनी सहायताका लागि अनुरोध गरेका नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।