प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेल हुँदैछ । मधेस प्रदेश र नेपाल पुलिस क्लब बिहान साढे ९ बजे किर्तिपुरमा खेल्नेछन् ।
यस्तै साढे ९ बजे नै त्रिभूवन आर्मी र कर्णाली प्रदेशबीच मुलपानी मैदानमा प्रतिस्पर्धा हुनेछ । यसअघि हिजोको खेलमा बागमती प्रदेशसँग बराबरी खेल्दै मधेश प्रदेश सेमिफाइनलमा पुगेको छ ।
१ सय ९१ रनको विजयी लक्ष्य पाएको बागमतीले अन्तिम ओभरमा १ सय ९० रनमात्र बनाएपछि मधेश प्रदेश सेमिफाइनल प्रवेश गरेको हो ।











