अर्जेन्टिना र क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो खेलमा पाँच पटकको विश्व बिजेता ब्राजिललाई टाईब्रेकरमा ४–२ ले हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेको हो ।
एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।३० मिनेटको अतिरिक्त समयमादुबै टोलीले १–१ बराबरी खेले । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा क्रोएसियाका चार खेलाडीले गोल गर्दा, ब्राजिलका दुइृ खेलाडीले मात्रै गोल गर्न सके । पेनाल्टीमा चुकेसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै अर्जेन्टिना पनि अन्तिम चारमा पुगेको छ ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । अब अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । नेदरल्यान्डस् भने प्रतियोगिताबाट बाहिरिएको छ ।











