सेवा करारमा कर्मचारी लिने सम्बन्धी दरखास्त आव्हानको सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति: २०७९/०८/२१
बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको लागि देहायको सङ्ख्या र योग्यता भएका कर्मचारी करारमा भर्ना गर्नुपर्ने भएकाले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्घ्र) दिनभित्र कार्यालय समय भित्र दरखास्त फारम दस्तुर बुझाएको सक्कल रसिद सहित दरखास्त दिनुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशन गरिएको छ । दरखास्त आवेदन फाराम खानेपानी बोर्डको कार्यालय बेनीघाट रोराङ वडा नम्बर ७, चरौँदी तथा बेनीघाट रोराङ गाउँपालिकाको वेवसाइट https://www.benighatrorangmun.gov.np बाट प्राप्त गर्न सकिने छ ।
तपशिलः-
| क्र.स |
विज्ञापन नम्बर |
समूह |
पद/तह |
माग पद संख्या |
आवश्यक न्यूनतम शैक्षिक योग्यता |
परिक्षाको किसिम |
दरखास्त दस्तुर |
| १ |
०१/०७/९८० |
सिभिल |
सव-ईन्जिनियर (पाँचौ) |
१ जना (एक) |
सभिल इन्जिनियरिङ विषयमा प्रविणता प्रमाणपत्र तह वा डिप्लोमा तह वा सो सरह उतिर्ण गरेको । सम्बन्धित विषयमा कम्तिमा २ बर्षको अनुभव भएको । |
लिखित,मौखिक र प्रयोगात्मक |
रू. ४०० |
| २ |
०२/०७/९८० |
प्रशासन |
लेखा सहायक (चौथो) |
१ जना (एक) |
मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन वा वाणिज्य शास्त्रमा प्रवीणता प्रमाणपत्र तह वा अर्थशास्त्र, गणित वा तथ्याङ्कशास्त्र वा जनप्रशासन मध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह सो सरह उत्तीर्ण । सम्बन्धित विषयमा कम्तिमा २ बर्षको अनुभव भएको । |
लिखित,मौखिक र प्रयोगात्मक |
रू. ३०० |
| ३ |
०३/०७/९८० |
सिभिल |
पल्मबर (सामुदायिक प्राविधिक) |
२ जना (दुई) |
एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सिभिल ईन्जिनियरिङ वा प्लम्बिङ विषयमा कम्तिमा तीन महिनाको तालिम प्राप्त वा टी.एस.ई.ई मा कम्तीमा सी ग्रेड प्राप्त गरेको । सम्बन्धित विषयमा कम्तिमा २ बर्षको अनुभव भएको । |
मौखिक र प्रयोगात्मक |
रू. २०० |
| ४ |
०४/०७/९८० |
|
मिटर रिडर |
१ जना (एक |
मान्यता प्राप्त शैक्षिक संस्थाबाट एस. ई. ई. उतिर्ण गरि सम्बन्धीत क्षेत्रमा कम्तिमा १ बर्षको कार्य अनुभव भएको हुनुपर्नेछ । |
अन्तवार्ता |
रू. २०० |
लिखित परिक्षा कार्यक्रम तालिका: परिक्षा मिति र स्थान अर्को सूचनामा प्रकाशन गरिनेछ । दरखास्त फाराम बेनीघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापनबोर्डको कार्यालय तथा बेनीघाट रोराङ गाउँपालिकाको वेवसाइट https://www.benighatrorangmun.gov.np बाट पनि प्राप्त गर्न सकिने छ ।
कार्य विवरण: कर्मचारीले सेवा तथा समूहमा रहि गर्नु पर्ने कार्य विवरण बेनीघाट रोराङ गाउँपालिकाको वेवसाइट https://www.benighatrorangmun.gov.np बाट प्राप्त गर्न सकिने छ ।
दरखास्त दिने विधि: सन्दर्भ व्यक्तिहरुको (Reference) नाम, सम्पर्क नम्बर, इमेल ठेगाना सहितको वायोडाटा (व्यक्तिगत विवरण) तथा निवेदन लिई कार्यालयमा स्वयम् वा हुलाक अथवा ईमेल benighatrorang.rwsmb@gmail.com मार्फत दरखास्त दिन सकिने छ । म्याद नाघि आएका वा रीत पुरा नगरेका निवेदनहरु उपर कुनै कारबाही हुने छैन ।
दस्तुर बुझाउने विधि: खाता वालाको नामः Benighat Rorang Gramin Khanepani B
खाता नं.: १७६००००३१००१
बैंकको नामः नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. मा जम्मा गरेको सक्कल भौचर अथवा इलष्लिभ एबथmभलत गरेको खण्डमा दस्तुर जम्मा गरेको निस्सा दरखास्त फाराम साथ समावेश गर्नुपर्ने छ ।
दरखास्त दस्तुर बुझाउने अवधि:– २०७९, पौष ६ गते कार्यालय समयभित्र । यदि दरखास्त बुझाउने दिन सार्वजनिक बिदा भएमा लगतै कार्यालय खुल्ने दिन कार्यालय समय भित्र ।
सम्लग्न गर्नुपर्ने कागजातहरु: उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, अनुभवको प्रमाणित प्रतिलिपि तथा प्रचलित नेपाल कानुन बमोजिम विभिन्न काउन्सिल वा परिषद् वा अन्यमा दर्ता भएको प्रमाणित प्रतिलिपि आवश्यक पर्नेमा सो समेत संलग्न हुनुपर्नेछ । पेस गरिने सबै प्रतिलिपिको पछाडि उम्मेदवार स्वयंमले हस्ताक्षर गरी पेश गर्नुपर्ने छ ।
उम्मेदवारको उमेरको हद:– २०७९/०९/०६ सम्म १८ वर्ष उमेर पुरा भै ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्गता भएका उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको ।
अन्तर्वाता हुने मितिः– लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिनेछ ।
तलबः– नेपाल सरकारले स्थानीय तहका कर्मचारीहरुका लागि तोकेको प्रचलित तलवमान अनुसार ।
आवश्यक न्यूनतम योग्यताः (सबै पदको लागि)
१. नेपाली नागरिक ।
२. अनुभवको हकमा माग गरेको वा सो भन्दा माथिल्लो पदमा कम्तीमा दुई वर्षको कार्य अनुभव भएको ।
३. अन्य प्रचलित कानुनद्वारा अयोग्य नभएको ।
४. हाल कुनै पनि राजनैतिक पार्टीको पद धारण नगरेको ।
क) लेखा सहायक: आधारभुत कम्प्यूटर सम्बन्धी ज्ञान भई वर्ड, एक्सेल, इमेल, इन्टरनेट, पावर प्वाइन्टमा निपुण भएको साथै नेपाली र अंग्रेजीमा राम्रो सँग टाइप गर्न जान्ने ।
- संस्थाको लेखा सम्बन्धि सम्पुर्ण कार्य, हर हिसाब तथा खाता कम्प्यूटर सफ्टवेयरमा राख्न सक्ने ।
- योजना तयारी, समन्वय, कार्यान्वयन र आर्थिक प्रतिवेदन लेखनमा दख्खल भएको ।
- सरकारी, गैर सरकारी संस्था, निजी क्षेत्र वा सहकारी संस्थाहरुमा लेखा व्यवस्थापनमा कार्य गरेको अनुभव भएको ।
- खानेपानी सरसफाई र स्वच्छता (WASH) खानेपानी व्यवस्थापन र सुशासन सम्बन्धी ज्ञान भएको ।
- नेपाली र अंग्रेजी दुवैमा राम्रो संचार कौशल भएको ।
ख. सव—ईन्जिनियर: आधारभुत कम्प्यूटर सम्बन्धी ज्ञान भई वर्ड, एक्सेल, इमेल, इन्टरनेट, पावर प्वाइन्टमा निपुण भएको साथै नेपाली र अंग्रेजीमा राम्रो सँग टाइप गर्न जान्ने ।
- खानेपानी सरसफाई र स्वच्छता (WASH) खानेपानी व्यवस्थापन र सुशासन सम्बन्धी ज्ञान भएको ।
- नेपाली र अंग्रेजी दुवैमा राम्रो संचार कौशल भएको ।
ग. सामुदायिक प्राविधिक: कम्प्यूटर सम्बन्धी आधारभूत ज्ञान भएको ।
- खानेपानी सरसफाई र स्वच्छता (WASH) खानेपानी व्यवस्थापन र सुशासन सम्बन्धी ज्ञान भएको ।
घ. मिटर रिडर: समुदाय, उपभोक्ता समिति तथ खानेपानी व्यवस्थापन बोर्ड संग इमान्दारीता र पारदर्शिता प्रदर्शन गर्न सक्षम र लैङ्गिक तथा समावेशीका सवालमा सचेतनाभएको ।
- मिटर रिडिङको क्षेत्रमा कम्तिमा १ बर्षको कार्यानुभव भएको । अथवा सहकारी तथा बित्तिय संस्थामा बचत संकलक भई १ बर्ष कार्य गरेको अनुभव ।
- मिटर रिडिङ सम्बन्धि मोवाइल एप्लिकेशनहरु चलाउन जान्ने ।
- खानेपानी सरसफाई र स्वच्छता (WASH) सम्बन्धी ज्ञान भएको ।
नोटः सफल उम्मेदवारहरुलाई शुरुमा ३ (तीन) महिनाको नियुक्ति दिइने छ र कार्य सम्पादन मूल्याङ्कनको आधारमा सेवा अवधि थप गर्न सकिनेछ ।
संयोजक
पदपुर्ति समिति
Job Overview
| Category |
Development / NGO |
| Openings |
5 |
| Position Type |
Contract |
| Experience |
Please check vacancy details. |
| Education |
Please check vacancy details |
| Posted Date |
08 Dec, 2022 |
| Apply Before |
22 Dec, 2022 |
| City |
Dhading |