एनएमबी लघुवित्त र गजुरी गाउँपालिका विच सम्झौता भएको छ । स्थानीय बासिन्दाहरुको जीवन स्तरमा आवश्यक शिक्षा, सीप, श्रोत तथा वित्तीय पहुँच सुनिश्चित गरी सकरात्मक परिवर्तन ल्याउने साझा विषयमा सहकार्य गर्ने सम्वन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो ।
मलेखु स्थित त्रिशुली रिभरसाईड रिर्सोटमा भएको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुराल र लघुबित्तका नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको एनएमबी लघुवित्त नलाङ शाखाका शाखा प्रमुख शालिग्राम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले स्थानिय सरकार संग समन्वय गर्दै लघुवित्त कार्यक्रमको माध्यमवाट बित्तियपहुँच पुर्याई गरिबी निवारण सहयोग पुर्याउने उदेश्यले यो सम्झौता गरिएको बताउनुभयो ।
त्यस्तै धादिङ.जिल्ला गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले एनएमबि लघुवित्त संगको साझा सहकार्यले स्थानिय बिपन्न परिवारलाई सबल र आत्मनिर्भर बनाउन सघाउ पु¥याउने बताउनुभयो ।
साथै कार्यक्रममा बालबालिका तथा जेष्ठ नागरिक प्रमुख सरस्वती सिलवाल र एनएमबि लघुबित्त बित्तीय संस्थाको केन्द्रीय कार्यालयवाट शाखा संचालन तथा सामान्य सेवा विभाग प्रमुख भुवनेश्वर फुलारार प्रदेश नं. ३ अन्र्तगतको धुलिखेल प्रादेशिक कार्यालयवाट प्रादेशिक प्रमुख महेश पाठक र क्षेत्रिय प्रवन्धक मनोज कुमार घर्ती र विभिन्न शाखाका शाखा प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको एनएमबी लघुवित्त कुम्पुर शाखाका शाखा प्रमुख जनक कोईरालाले बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं. २५ मिलनचोक, हेम्जा, कास्कीमा केन्द्रीय कार्यालय र ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १ सय ४८ वटा शाखा विस्तार गरी लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।











